नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या २१ सय ६१ पुग्यो

काठमाडौँ, २१ भदौ । काठमाडौँ उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा मात्रै ६२९ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार १ सय ६१ जाना पुगेको छ । जसमध्ये १२ सय ११ जना सक्रिय संक्रमित छन् ।

९ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७१ र काठमाडौं उपत्यकाका ५५८ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २१०, प्रदेश २ मा ७३, वाग्मती प्रदेशमा ६०, गण्डकीमा ८१, प्रदेश ५ मा १०४, कर्णाली प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै

काठमाडौँ, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु

काठमाडौँ, २ असोज । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये

काठमाडौँ, २ असोज । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी