बच्चाले जिउँदो सर्प निलेपछि…

एजेन्सी, २१ भदौ । भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एक बच्चाले खेल्दाखेल्दै जिउँदो सर्प निलेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार बच्चाकी आमाले आफ्नो छोराको मुखभित्र केही वस्तु देखेपछि हतपत हेरिन् । जब उनले त्यो वस्तुलाई बाहिर निकालिन् तब उक्त वस्तु त सर्पको बच्चा भएको थाहा पाइन् । उनले छोरालाई तत्काल अस्पताल पुर्याइन् ।

बच्चाका पिता धर्मपाल एक किसान हुन् । उनी आफ्ना एक वर्षका छोरा देभेन्द्र र ६ इन्च लामो मरेको सर्पको बच्चा लिएर अस्पताल पुगे । धर्मपालले इमर्जेन्सी स्वास्थ्य अधिकारी डा। हरिश चन्द्रलाई उनको छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चालाई टेबलमा राखिदिए । डाक्टरले तत्काल यो सूचना फिजिसियन डाक्टर एएम अग्रवाललाई जानकारी दिए । त्यसपछि बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो ।

डाक्टरका अनुसार त्यो सानो सर्प करेतको बच्चा हो, जुन असाध्यै विषालु हुन्छ । समयमै उपचारका कारण बच्चा खतरामुक्त छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका