भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार नाघ्यो

काठमाडौँ, २१ भदौ । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा दिनानुदिन नयाँ कीर्तिमान कायम हुन थालेको छ ।

शनिबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २ असोज । भक्तपुर मध्यपुर थिमि नगरपालिका–५ चोंडेका ७४ वर्षीय कोरोना संक्रमित पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ ।

चितवन, २ असोज । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी

पोखरा, २ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

घोराही, २ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका