एजेन्सी, २० भदौ । विश्वमा एक करोड ८९ लाख २३ हजार ६६६ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभरी अहिलेसम्म दुई करोड ६८ लाख १६ हजार ८८७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु भएको छ ।
अमेरिकामा ६३ लाख ८९ हजार ४१३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३६ लाख ३६ हजार २७२ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९२ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । ब्राजिलमा ४० लाख ९१ हजार ८०१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ७८ हजार २४३ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २५ हजार ५८४ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा ४० लाख २७ हजार ७१८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख सात हजार ४५३ कोरोना भाइरस मुक्त भएका छन् भने ६९ हजार ६६८ जनाको मृत्यु भएको छ । रुसमा १० लाख २० हजार ३१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन भने ८ लाख ३८ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् । रुसमा अहिलेसम्म १७ हजार ७५९ जनाको मृत्यु भएको छ ।
पेरुमा ६ लाख ७६ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८ हजार ७७१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ५५४ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख ५० हजार ६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८हजार २२१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ८८८ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ३५ हजार ७८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५७ हजार ८१८ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ६७८ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख २३ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३४ हजार ६६७ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ८१४ जनाको मृत्यु भएको छ । स्पेनमा ५ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । यहाँ तीन लाख ३१ हजार ६२१ जना सङ्क्रमणमुक्त भएका छन् । अर्जेन्टिना ४ लाख ६१ हजार ८८२ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ९१ हजार २४८ जना कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ६२३ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ । आजसम्म घर फर्किनेको संख्या २७ हजार १ सय २७ जना रहेको छ भने मृत्यु हुनेको संख्या २ सय ८० जना पुगेको छ ।