पाँचथरका २ स्थानमा बीओपी स्थापना: सिमावर्ती २२ स्थानमा यसै वर्षमा राखिने

पाँचथर, २० भदौ । सशस्त्र प्रहरीले भारतसँग सिमाना जोडिएका पाँचथरका दुई स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिकाको सुर्केथाममा स्थापना गरिएको हो । चिवाभञ्ज्याङ बीओपीको बिहीबार प्रदेश सांसद सिता थेवे र सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख (डिआईजी) बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । शुक्रबार सुर्केथामको उद्घाटन गर्ने कार्यक्रम भएपनि मौषमका कारण स्थगित भएको छ ।

सशस्त्र प्रहरी बल पाँचथरका डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार दुवै स्थानमा प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा बीओपी राखिएको छ । एउटा बीओपीमा ३५ जना हुन्छन् । चिवाभञ्ज्याङमा नेपाल(भारत सिमानादेखि करिब सय मिटर र सुर्केथाममा पनि सिमाना नजिकै राखिएको छ ।

सशस्त्र प्रहरीका प्रदेश प्रमुख दाहालले १ नं. प्रदेशमा स्वीकृत सबै ठाउँका बीओपी यसै आर्थिक वर्षमा स्थापना भइसक्ने बताए । उनका अनुसार सिमावर्ती २२ स्थापना बीओपी राखिने छ । २२ मध्ये अहिलेसम्म चिवाभञ्ज्याङ, सुर्केथाम, इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ र रोङ गाउँपालिकाको सलकपुरमा बीओपी स्थापना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका

काठमाडौँ, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण

shankar-pokharel

काठमाडौँ, ३ बैशाख । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री

काठमाडौँ, ३ बैशाख । नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ । 

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021