केही विषयहरु ‘अप्स एन्ड डाउन’ भयो भनेर आत्तिहाल्नु पर्दैनः मन्त्री ज्ञवाली

काठमाडौँ, २० भदौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि प्राप्त जनादेशअनुसार नै अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै उपलब्धिसमेत हासिल भइरहेको आर्थिक सूचकहरुबाट देखिएको दावी गर्नुभएको छ ।

अनलाइन माध्यमबाट आजदेखि शुरु भएको गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्नुहुँदै नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री ज्ञवालीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्र सुदृढ हुने दिशामा अगाडि बढिरहेको अवस्थामा केही विषयहरु ‘अप्स एन्ड डाउन’ भयो भनेर आत्तिहाल्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “व्यवस्थामात्रै लोकतान्त्रिक भएर नहुँदोरहेछ, यसको प्रभावकारिताका लागि यससँग सम्बन्धित दल, नेता, जनता सबै लोकतन्त्रवादी हुनुपर्ने रहेछ । यो क्रम भइरहेको छ । यसले समय लिन्छ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।”

पछिल्लो समय कोरोनाको महामारीबाट विश्वसँगै नेपालमा पनि त्यसबाट असर पुगेको बताउँदै मन्त्री ज्ञवालीले अप्रत्याशित विपत्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाई जोगाउनका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

अर्को प्रसङ्गमा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक विधेयक तथा कानून निर्माणको प्रक्रिया अबका दिनमा अघि बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काशी रिमाल भनिन्छ आवधिक निर्वाचन प्रजातन्त्रको मुल आधार को । जनताको हातमा नीहित सार्बभौेमसत्ता निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधीहरुलाइ एउटा निश्चित

नरेश्वर ज्ञवाली आधुनिक विश्वमा कोभिड–१९ अर्थात कोरोना भाइरसले महामारीको रुपलिएको आधावर्ष पारगरिसकेको छ । विश्वब्यापी महामारीको रुपलिएको यो भाइरसले संसारका

रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो,

मन कुमारी जिसी (केसी) प्रजातन्त्रद्वारा महिला बिषयमा डेनमार्कको भ्रमण गरेको पनि २० वर्ष भयो । २०५७ साल भाद्र १० गते