बाढी–पहिरो पिडितलाई आर्थिक सहयोगः तपाईहरु नआत्तिनुस्, म तपाईंहरुसँगै छु: सांसद पहारी

काठमाडौँ, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले केही समय अघि आएको बाढी पहिरोमा परि समस्यामा परेका तथा आर्थिक अवस्था कमजोर भएका ९ घर परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

नेपाल च्यापटरको आयोजना तथा कास्की परिवार दक्षिण कोरियाद्वारा सहयोग गरिएको रु १० हजार पोखरा महानगरकापालिका २४ का एक परिवार र कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा अन्नपूर्ण गाउँपालिमा १ र २ वडामा बाढिपिडितमा परेका पिडित ८ परिवारलाई रु ९ हजार १ सय प्रतिपरिवारका दरले जम्मा ८२ हजार ८ सय सहयोग रकम सांसद पहारीले हस्तान्तरण गर्नुभएको हो ।

अविरल वर्षाको कारणले गर्दा अन्नपूर्ण गाउँपालिका वडा न १ मा अवस्थित नागडाँडामा घर बस्ती नै ठूलो असर परेको थियो । उक्त घर बस्तीमा परेको असर बारे बुझ्न सासंद पहारी नागडाँँडामा पुग्नु भएको थियो । उक्त स्थान पुगी सांसद पहारीले जनताको पिडाले दुखेको घाउमा मलम लगाउने प्रतिवद्धता जनाउँदै जनताको साथमा आफु रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरु नआतिनुहोस तपाईंहरुसँगै म छु । तपाईहरुको समस्या र दुख मेरो पनि हो ।’

कोरोनाले नेपालको आर्थिक तथा विकास निर्माणलाई तहस-नहस बनाइरहेको अवस्थामा पनि ‘गरे सम्भव छ, हाम्रै पालामा, असम्भव भन्ने छैन’ भन्ने मान्यतालाई आत्मसात् गर्दै सांसद पहारीको नेतृत्वमा भएको अनुगमनको क्रममा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडा नं. १ का अध्यक्ष भरत गुरुङ र वडा नं. २ का अध्यक्ष चुडामणी अधिकारीसंग संगै समाजसेवी ब्यक्तिहरु, वडा सदस्यहरु हुनुहुन्थ्यो ।

सांसद पहारीद्वारा खहरे आमा समूहलाई मास्क उपलब्ध गराउनु भएको छ । कार्यक्रममा सोही वडाका अध्यक्ष जगत ब. पहारी, जनप्रतिनिधि हरिकृष्ण पहारी, गण्डकी मेडिकल हस्पिटलका प्रिन्सिपल सृजना पहारी, टोलसंस्थाका अध्यक्ष खिमलाल पहारी, सल्लाहकारहरू, सामाजिक अभियान्तहरू उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021