रुसले बनाएको कोरोना विरुद्धको खोपको दोस्रो चरणको परीक्षण सफल

एजेन्सी, २० भदौ । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ । दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अध्ययनले सो भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सक्षम देखिएको निष्कर्ष निकालेको छ । शुक्रबार लानसेट जर्नलमा भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको रिपोर्ट प्रकाशित भएको हो ।

अध्ययनकर्ताले तथ्यांकहरु संकलनबाट भ्याक्सिन सुरक्षित र स्वयसंवी प्रयोगकर्तामा गम्भीरखालको प्रतिकूल असर नदेखिएको निष्कर्ष निकालेका छन् । भ्याक्सिनले २१ दिनभित्र रोगप्रतिरोधात्मक क्षमता उत्प्रेरित गरेको अध्ययनमा पाइएको छ ।

११ अगष्टमा रुस विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । स्पुतनिक(भी नाम दिइएको रुसी भ्याक्सिन गेमेलिया नेष्नल रिसर्च सेन्टरले विकास गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड(१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश

एजेन्सी, ८ असाेज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४०