काठमाडौँ, २० भदौ । भारतमा पछिल्लो २४ घण्टाभित्र ८७ हजार ११५ जना नयाँ कोरोना संक्रमित थपिएको छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।
अहिले भारतमा कोरोना भाइरस संक्रमितको ४० लाख २० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ६९ हजार ६३५ पुगेको छ । । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनाको मृत्यु वर्ल्डोमिटर्सले जनाएको छ ।
अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।