मन्त्री नेम्वाङको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ, १९ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङको कोरोना संक्रमण (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएका कारण मन्त्री नेम्वाङको पनि कोरोना परिक्षण गरिएको थियो । सचिव कार्कीको पोजेटिभ रिपोर्ट आएसंगै मन्त्री नेम्वाङ होम आइसोलेशनमा बस्नुभएको थियो । उहाँ आजको मन्त्रिपरिषद्को बैठकमा समेत सामेल हुनुभएको थिएन । मन्त्रि नेम्वाङको पीसीआर परीक्षण रिपार्ट नेगेटिभ आएको डा. विमलेश कुमार झाले जानकारी दिनुभएको छ ।

केहि दिन अघि आएको रिपोर्टमा सचिव कार्कीलाई कोरोना पोजेटिभ देखिएको थियो । सचिव कार्की हाल ह्याम्स अस्पतालमा उपचार गराईरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ ।

मन्त्रालयको काममा निरन्तर रुपमा खटिरहनुभएका सचिव कार्कीलाई कोरोना कहाँबाट सर्यो भन्ने एकिन हुन सकेको छैन । तर, पछिल्लो समय उहाँको सम्पर्कमा आएका सबैलाई सर्तक रहन र स्वाब परीक्षण गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मुम्बई, ५ बैशाख । अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन्

काठमाडौँ, २६ चैत । नायक अनमोल केसी अब फिल्म ‘माइतीघर’मा मुख्य भूमिका रहने पक्का भएको छ । उक्त फिल्मलाई दि

काठमाडौँ, २४ चैत । बलिउडकी चर्चित नायिका कटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  नायिका कैफले सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत् आफू

काठमाडौँ, २४ चैत । साइबर ब्युरोले दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021