‘पोखरामा युवा संघद्वारा रक्तदान’, कोरोनाप्रति सजग होऔं, त्रसित नहोऔंः सांसद पहारी

पोखरा, १९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा आयोजित ११ औं सप्ताहाव्यापी रक्तदान कार्यक्रम अन्तरगत आज पोखरा ६ स्थित हल्लनचो पोखरामा आज वृहत रक्तदानको आयोजना गरेको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले गर्दा मुलुकभर नै रगतको अभाव भइरहेको समयमा रक्तदान जीवन दान भन्ने मान्यतालाई आत्मसात् गर्दै संघको आयोजनामा वृहत रक्तदान भएको हो ।

नेकपा गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै सांसद पहारीले मानव सेवा नै जीवनको सवैभन्दा ठूलो धर्म भएको उल्लेख गर्नुभयो । नेपालमात्र नभई विश्व नै कोरोनाले आक्रान्त बनिरहेको उल्लेख गर्दै उहाँले कोरोना संक्रणको जाखिमसँगै रगतको अभावका कारण अकालमा ज्यान गुमाउनु नहुनेमा जोड दिनुभयो ।

जहाँ समस्या त्यहाँ युवा संघ हाजिर हुने विगत देखिको इतिहास रहेको उल्लेख गर्दै सांसद पहारीले समस्या समाधान तथा जनताको दुःख सुखको सारथी युवा संघ भएको भन्दै प्रशंसा गर्नुभयो । मुलुकका आएको संकटलाई समाधान गर्न सवै राजनीतिक दल, नागरिकत तथा सम्बन्धीत निकायहरु एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सरकारको प्रभावकारी भूमिकाकै कारण कोरोनाले नेपालमा ठूलो क्षती हुन नसकेको बताउनुभयो । उहाँले ७०० भन्दा बढी माक्स समेत उपलब्ध गराउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न आम नागरिक सजक तथा सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘कोरोना प्रति सजक होऔं, त्रसित नहोऔं । सजक र सचेतना हुँदै दैनिक जीवनलाई अघि बढाउनुको साथै विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्छ । पछिल्लो समय हाम्रै हेलचेक्र्याईका कारण समुदायस्तरमा फैलदै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021