राष्ट्रपति भण्डारीद्वारा ‘इन्द्रजात्रा’को शुभकामना: राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास

काठमाडौँ, १६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा आरधनाका साथै नेवारी परिकार समयबजीको भोजनसहित हर्षोल्लासपूर्वक मनाउने परम्परा रहेको छ ।

उहाँले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजा-आराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबभन्दा ठूलो पर्वको रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वहरूले समाज र समुदायका सदस्यहरू बिचको आपसी सम्बन्धलाई नवीनकृत गर्नुका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बिचमा परस्पर विश्‍वास‚ सद्‍भाव‚ सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने कुरामा विश्‍वस्त छु ।’

कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उहाँले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउन राष्ट्रपतिले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्