अध्यक्ष फोरमको निर्णयः तीनवटै गाउँपालिका प्रवेश गर्ने नाकामा चेकपोष्टको व्यवस्था गर्ने

ललितपुर, भदौ १५ । ललितपुरको महाँकाल, बागमती र कोन्ज्योसोम गाउँपालिकाले तीनवटै गाउँपालिका प्रवेश गर्ने मुख्य नाकामा चेकपोष्टको व्यवस्था गर्ने निर्णय गरेको छ । सोमबार महाँकाल गाउँपालिकाको कार्यालयमा बसेको अध्यक्ष फोरमको बैठकले विर्खेधारा, बगुवापुल र नल्लु नाकामा चेकपोष्टको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

तिनवटै गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा आवागमन नियन्त्रण र चेक जाँचमा कडाई गर्ने, तिनवटै गाउँपालिका क्षेत्रमा सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिनुभयो ।

बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि तिनवटै गाउँपालिकाले आ–आफ्नो क्षेत्रमा सचेतना अभिवृद्धि गर्दै जान, होटल, पसल लगायत जनसरोकार सम्बन्धी व्यवसाय सञ्चालन गर्दा भौतिक दुरी कायम गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड र सामाग्रीहरुको अनिवार्य पालना गर्ने, शववाहन र सङ्क्रमित व्यक्तिको व्यवस्थापन गर्न आवश्यक पर्ने सवारी साधनको लागि जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) मा अनुरोध गर्ने निर्णय गरिएको छ । तिनवटै गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सेवाहरु भदौ २५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको अध्यक्ष फोरमले जनाएको छ ।

महाँकाल गाउँपालिका अध्यक्ष दाहालको अध्यक्षमा बसेको बैठकमा वागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतान महाँकाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे, नेपाली सेनाका मेजर तुलबहादुर बोहरा, प्रहरी नायव उपरिक्षक कृष्णराज ओझा, नेपाली सेनाका क्याप्टेन, पञ्चराम तामाङ र महाँकाल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र चन्द लगायतकाको बैठकमा सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।