पूर्वाञ्चल विश्वविद्यालयले गर्यो अग्रगामी निर्णय: सेमेष्टर खेर नजाने (सूचनासहित)

File Photo

काठमाडौँ, १५ भदौ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिमका बीच पनि पूर्वाञ्चल विश्वविद्यालयले वर्तमान चालु सेमेष्टर खेर नजाने गरी परिक्षा तथा कक्षा सञ्चालन गर्ने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषद्को हिजो र कार्यकारी परिषद्को आज बसेको बैठकले आफ्नो मातहतका सम्पूर्ण विश्वविद्यालयको समेष्टर प्रणाली अन्तरगतका स्नातक तथा स्नाकोत्तर तहको नियमित तर्फका परिक्षाहरु सञ्चालन गर्ने भएको हो । विश्वविद्यालयले आफु अध्ययन गर्ने विद्यालयमा विदार्थीले सम्पर्कमा आउन समेत आग्रह गरेको छ । विश्वविद्यालयले वर्तमान विषम परिस्थितीका कारण वैकल्पीक विधिबाट घरमा नै बसि बसि परिक्षा लिने निर्णय गरेको हो

विश्वविद्यालयले नियमित तर्फ रहेका सेमेष्टरको परिक्षा आगामी असोज पहिलो हप्तादेखी हुने बताईएको छ । त्यस्तै परिक्षा कार्यक्रम तथा परिक्षा सम्बन्धी निर्देशिका तत्काल प्रकाशित गरिने जानकारी दिएको छ ।

असोजमा नियमित तर्फका परिक्षा हुने र त्यसको साथ साथै क्रमशः कार्तिक वा मंसिरमा आंशिक तर्फका परिक्षाहरु हुने पूर्वाञ्चल विश्वविद्यालयका डिन विजु कुमार थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार परिक्षाका घरमा नै वसी दिन मिल्ने जसको लागि सम्बन्धीत क्याम्पसले विद्यार्थीको इमलेमा परिक्षा शुरु हुनुभन्दा करिव १५ मिनेट अघि पढाईदिने र तीन घण्टा भित्रमा उक्त प्रश्नपत्रका उत्तर लेखिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विद्यार्थीले लेखेको उत्तर पुस्तिाका परिक्षा समायवधी सम्पन्न भएको दुई घण्टा भित्रमा स्क्यान वा फोटो खिची पठाउनुपर्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

परिक्षा सञ्चालनको लागि सम्बनधीत क्याम्पसहरुले विद्यार्थीको लिस्ट तयारी गर्ने क्रममा रहेको जानकारी गराउँदै उहाँले उक्त तरिकाले लिइएको परिक्षालाई सम्बन्धित काउन्सिल, युजिसी र शिक्षा मन्त्रालयले मान्यता दिने समेत स्पष्ट पार्नुभयो । उक्त तरिकाले परिक्षा सञ्चालन हुने भएसँगै अन्योलमा रहेका विद्यार्थीहरुमा राहत भएको छ । योसँगै उक्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको कुनै पनि सेमेष्टर वर्ष खेर नजाने भएको छ ।

कार्तिकबाट आठौं सेमेष्टरको नियमित कक्षा सञ्चालन भर्चुअल तथा अन्य माध्यमबाट समेत हुने जानकारी गराउँदै डिन थपलियाका अनुसार पुस÷माघसम्म कक्षा सञ्चालन हुने र त्यसपछि परिक्षा हुनेछ । विश्वविद्यालयले नतिजा प्रकाशनमा ढिलाई गरिरहेको प्रशंगमा उहाँले भन्नुभयो, ‘लकडाउनका कारण सम्पूर्ण उत्तर पुस्तिका जाँच गर्ने कार्य सम्पन्न भई विश्वविद्यालयका सम्पूर्ण नतिजाहरु समेत प्रकाशित भइसकेका छन् । अबका दिनमा कुनै पनि नियमित तथा आंशिक सेमेष्टर प्रणालीको नतिजा प्रकाशन ढिला हुँदैन । समयमा नै नतिजा प्रकाशन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक