काठमाडौँका महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौँ, १५ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ भएको छ । कोरोना संक्रमण भएपछि उहा महानगरको वडा २१ स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बस्नु भएको छ ।

दुई दिनअघि स्वाब दिनुभएका मेयर शाक्यको सोमबार रिजल्ट पोजेटिभ आएको उहाको सचिवालयले जानकारी दिएको छ । मेयर शाक्यको सचिवालयका अनुसार उहाकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले नै शनिवार स्वाब दिएका थिए । तर, उहाकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।

मेयर शाक्यलाई कोरोना कहाबाट सर्यो भन्ने एकिन हुन सकेको छैन । तर, पछिल्लो समय उहाको सम्पर्कमा आएका सबैलाई सर्तक रहन र स्वाब परीक्षण गर्न आग्रह गरिएको छ । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ९ असोज । सरकारले तेजाब बिक्री नियमन गर्न अध्यादेशमार्फत नया कानून ल्याएको छ । मन्त्रिपरिषद्‍बाट पारित भई राष्ट्रपतिले जारी गर्न लागेको

काठमाडौँ, ९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु

काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त