प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई वागमती गाउँपालिकाले गर्यो ‘फेरी भेटौला कार्यक्रम’

ललितपुर, भदौ १५ । वागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई गाउँपालिकाले ‘भेरी भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ ।

सोमवार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले खादा, माला र फूल लगाई भेरी भेटौला गर्नुभएको हो ।

आचार्यले गाउँपालिकामा २२ महिनादेखि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उत्कृष्ट कार्य सम्पादन गर्दै आउनुभएको थियो ।

अब आचार्य नुवाकोटको शिवपुरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनु भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष लोप्चनले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्र विकास निर्माण सुशासन कायम हुने भन्दै आचार्यमा जनप्रतिनिधि र कर्मचारीसँग मिल्न र मिलाउन सक्ने क्षमता भएको बताउनुभयो । उहाँले अब आउने प्रमुख प्रशासकीय अधिकृतले पनि आचार्यले जस्तै कार्य सम्पादन गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सो अवसरमा आचार्यले २२ महिनासम्म आफ्नो कार्यकाल भरी आफूलाई गाउँपालिकाको काममा अभिभावकत्व प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष लोप्चन र उपाध्यक्ष रञ्जना घिमिरे लगायतका सबै वडाध्यक्षलाई धन्यवाद प्रदान गर्नुभयो ।

उहाँले यो विदाइ नभइ फेरी भेटौला भएकाले फेरी पनि हाम्रो भेटभाट जारी रहने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा गाउाँपालिकाबाट सेवा निवृत्त हुनु भएका अधिकृत स्तर छैठौं तहका रुद्र मरासीनी, सचिनन्द शर्मा र पाँचौ तहका सहदेव गिरीलाई सम्मान स्वरुप बिदाइ गरिएको थियो ।

वागमती गाउँपालिकामा हाल उदयपुरको रौतामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत खम्बराज राई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भइ आउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तीको भन्दा

प्युठान, ५ असोज । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा

मकवानपुर, ५ असोज । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ५ असोज । थप ११ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय