विश्वमा १ करोड ७७ लाखबढीले कोरोनालाई जितेर घर फर्किए

काठमाडौँ, १५ भदौ । विश्वमा १ करोड ७७ लाखबढीले कोरोनालाई जितेर घर फर्किएका छन् ।

विश्वको २१३ देशमा फैलिएको कोरोना पछिल्लो २४ घण्टामा २ लाख ६५ हजार ८८८ कोरोना संक्रमित थपिएसगै संक्रमितको संख्या २ करोड ४८ लाख ५४ हजार १४० पुगेको छ ।

त्यस्तै अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेका छन् । अहिले ६८ लाख २८ हजारभन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ । विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये १ प्रतिशत बिरामीको अवस्था गम्भीर छ । ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।

अहिलेसम्म कोरोनाका कारण २ करोड ५३ लाख ८३ हजारभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ८ लाख ५० हजारको ज्यान गएको छ । कोरोनाका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकाको क्यालिफोर्नियामा परेको छ । क्यालिफोर्नियामा मात्रै अहिलेसम्म ७ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै आजसम्म नेपालमा संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या २० हजार ८ सय २२ जना रहेको छ । त्यस्तै मृत्यु हुनेको संख्या २ सय २१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ६ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले ८ वटा महत्वपूर्ण निर्णय गरेको छ । आज

काठमाडौँ, ६ असोज । थप १३ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक रहेको