घट्यो पीसीआर परीक्षणको शुल्क

काठमाडौँ, १४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ ।

सहायक प्रवक्ता समीरकुमार अधिकारीका अनुसार मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको हो । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो ।

सरकारले गर्ने निःशुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी मन्त्रालयको छ । सहायक प्रवक्ता अधिकारीका अनुुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । सूर्यविनायक नगरपालिकाको आफ्नो सुविधा सम्पन्न तथा आधुनिक आफ्नै भवनको निर्माणको क्रममा रहेको छ । कटुञ्जमा महेन्द्र

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न

काठमाडौँ, ७ असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त

काठमाडौँ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ