अब्बल ठहरिएका व्यक्तिलाई राजनीतिक नियुक्ति गरिन्छः प्रम ओली

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताको लागि वर्तमान अवस्थामा अब्बल ठहरिने व्यक्तिलाई सरकारले राजनीतिक नियुक्ति गरिने स्पष्ट पार्नुभएको छ ।

प्राईम टेलिभिजनमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले खुल्ला प्रतिपर्धाको माध्यमबाट राजनीतिक नियुक्ति गरिने व्यक्तिहरुको छनौट गरिने गरेको दृष्टान्त उल्लेख गर्नुभयो । सरकारले राजनीतिक नियुक्ति गर्दा कसैको आफ्नो वा नातागोता हेरेर गर्ने नभई व्यक्तिको क्षमता तथा मुलुकको आवश्यकतालाई मध्यनजर गरे नियुक्ति गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक नियुक्तिमा नातावाद र कृपावाद हैन, प्रतिस्पर्धाबाट छनौट गरिएको छ । व्यक्तिको क्षमतालाई कसैले रोक्न मिल्दैन । योग्य र क्षमतावान व्यक्तिलाई नियुक्त गरिएको छ । कसको आफन्त पर्यो की परेन भनि हामीले छुट्याउँदैनौं ।’

भ्रष्टाचार गरेको पाइएमा जो कोहीलाई पनि नछाडिने पुनः दोहोर्याउँदै प्रधानमन्त्री ओलीले केही अराजक तत्वहरुले सामाजिक सञ्जाल तथा केही मिडियाहरुमा अराजक फैलाउनमा नै व्यस्त रहेको बताउनुभयो । झुटको खेती धेरै समय नटिक्ने उल्लेख गर्दै उहाँले अर्मयादित तवरले बोल्नु र लेख्नु प्रेस स्वतन्त्रता नभएको समेत बताउनुभयो । जनताले सहि सूचना पाउने हकलाई बञ्चित गर्नु प्रेस स्वतन्त्रता नहुने उल्लेख गर्दै उहाँले स्वतन्त्र र मर्यादित प्रेस स्वतन्त्रता अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ८ असोज । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु

पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार

काठमाडौँ, ८ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै

काठमाडौँ, ८ असोज । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल