नेभिज प्याट्रियट्समाथि सन्दीप आवद्ध जमैकाकाे जित

काठमाडौँ, १४ भदौ । क्याराबिन प्रिमियर लिग(सपीएल)मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध जमैका ताल्लवाजले जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिज प्याट्रियट्समाथि ३७ रनको जित निकालेको हो ।

जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । यस खेलमा सन्दीपले २ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेको उनले २७ रन दिएर २ विकट लिएका हुन् । क्वीन्स पार्क ओभलमा भएको खेलमा जमैकाले टस जितेरपहिले ब्याटिङ रोजेको थियो ।

१२औं ओभरमा मात्रै बलिङमा आएका सन्दीपले यस ओभरमा ७ रन र १४औं ओभरमा १० रन दिए। १६औ ओभरमा सन्दीपले १६ बलमा २१ रन बनाएर खेलिरहेका इभिन लुइसलाई रोभमान पावेलबाट क्याच गराइ यस पेभिलिएन पठाए। यस ओभरमा २ रन मात्रै दिए। १८औं ओभरको पहलिो बलमै सन्दीपको बलमा छक्का प्रहार गरेका न्युजिल्याण्डका इश सोधीलाई लगतै अर्काे बलमा सन्दीपले बोल्ड गरिदिए। यस ओभरमा ८ रन दिए ।

जमैकाले सीपीएलमा ६ खेलखेल्दा ३ मा जित र ३ मा हार व्यहोरेको छ । अकं तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त

काठमाडौँ, ९ असोज । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ललितपुर, ८ असोज । महाँकाल गाउँपालिकाले गत ५ गतेदेखि परेको अबिरल वर्षाका कारण पालिका क्षेत्रभित्र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन

काठमाडौँ, ८ असोज । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल