स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही गर्न निर्देशन

काठमाडौँ, १४ भदौ । गृह मन्त्रालयले कोरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरू अहोरात्र खटिइरहेको अवस्थामा केही उच्छृङ्खल व्यक्ति तथा समूहबाट धम्की र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा नर्सविरुद्ध हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर/डेराकोठा आवतजावतमा अवरोध सिर्जना गर्ने जस्ता क्रियाकलापविरुद्ध कानुनी कारबाही गरिने जनाए । 

त्यसका लागि टोल फ्रि नम्बर ११४९ वा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त फोन गर्न सकिने जनाइएको छ । उनले यस्तो सङ्कटका बेला ज्यानको बाजी लगाएर नागरिकको सेवामा समर्पित स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ९ असोज । सरकारले तेजाब बिक्री नियमन गर्न अध्यादेशमार्फत नया कानून ल्याएको छ । मन्त्रिपरिषद्‍बाट पारित भई राष्ट्रपतिले जारी गर्न लागेको

काठमाडौँ, ९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु

काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त