बमसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

काठमाडौँ, १३ भदौ । जिल्ला प्रहरी कार्यालयले आज नेक्रविक्रम चन्द ९विप्लव० समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । महिलालाई दुई सकेटबम र एउटा सुतली बमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

तीनपाटन गाउँपालिकाको वडा नं ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक रहनुभएका नारायणप्रसाद भण्डारीलाई ती महिलासहित ११ जनाको एक समूहले नियन्त्रणमा लिई झण्डै दुई घण्टा हिँडाइ लायोगाउँसम्म पु¥याएको पाइएको उनले बताए । चन्द समूहका कार्यकर्ताको नियन्त्रणमा रहेका शिक्षक भण्डारीलाई सकुशल नियन्त्रणमुक्त गरिएको उनले जानकारी दिए । बिहान ९ः३० बजेको समयमा चन्द समूहका कार्यकर्ताले नियन्त्रणमा लिएकामा दिउँसो १ः०० बजे शिक्षक भण्डारी चन्द समूहका कार्यकर्ताबाट नियन्त्रणमुक्त भएको उनले जानकारी दिए ।

बिहानै नियन्त्रणमा लिएको भए पनि प्रहरीलाई बिहान ११ः०० बजे जानकारी आएको र प्रहरीले खोजी गर्दा लायोगाउँबाट शिक्षकलाई छुटाउन सफल भएको उनको भनाइ छ । स्थानीयवासी र प्रहरीले शिक्षक भण्डारीलाई खोज्न थालेको खबर चन्द समूहका कार्यकर्ताले थाहा पाएलगत्तै शिक्षक भण्डारीलाई तीनपाटन गाउँपालिकाको वडा नं ८ लायोगाउँमा छाडेर उनीहरु फरार भएको उनले जानकारी दिए ।

उक्त घटनामा संलग्न महिला कार्यकर्तालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दैगर्दा चन्द समूहको अपहरणमा परेका शिक्षक भण्डारी पनि जिल्ला प्रहरी कार्यालयमा नै रहेका थिए । उनलाई के कारणले नियन्त्रणमा लिएका हुन् भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय