आगामी निर्वाचन अघि प्रदेशका मुख्यमन्त्री परिवर्तन गरिँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रचारमा आएका प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन हुने भन्ने कुरामा सत्यता नभएको बताउनुभएको छ ।

प्राईम टिभीमा अन्तरवार्ता दिँदै उहाँले आगामी निर्वाचन पछि मात्र प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन हुने बताउनुभयो । आफुले अस्थिरतको गतिविधि कुनै पनि हालतमा हुन नदिने उल्लेख गर्दै अब करिव साढे दुई वर्षसम्म कुनै पनि प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने संकेत गर्नुभयो ।

लामो समयसम्म नेपाली जनतामा राजनीतिक स्थायीत्व नभएका कारण विकास र समृद्धिको यात्रालाई लक्ष्य अनुसार लान नसकेको उल्लेख गर्दै उहाँले वर्तमान नेकपाको सरकारलाई जनताले पाँच वर्ष सरकार सञ्चालन गर्ने म्यान्डेट दिएकाले सोही अनुसार अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको  छ । Exchange Rate

काठमाडौँ, २ असोज । ग्लोबल आईएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, २ असोज । सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८१औं र ८२औं शाखा कार्यालय