म र प्रचण्डबीचमा भएको असमझदारी अन्त्य भयोः प्रम ओली

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु र पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीचको असमझदारी अन्त्य भएको बताउनुभएको छ ।

प्राईम टिभीमा अन्तरवार्ता दिँदै उहाँले पार्टी भित्र केही समय अघि विवाद रहेको तर अहिले समस्या समाधान भई एकतावद्ध रुपमा अघि बढेको बताउनुभयो । पार्टीको महाधिवेशन गर्नेपर्नेमा जोड दिँदै उहाँले आफु र प्रचण्डबीच कतिपय समस्याहरु आएको तर हाल उक्त विवाद समाधान भइसकेको बताउनुभयो ।

विगतमा केही व्यक्तिहरुले जग हराईका कामहरु भएको प्रति संकेत गर्दै उहाँले आगामी दिनमा पार्टीभित्र दोषी करार गर्ने भन्दा पनि समिक्षा गर्दै जानुपर्नेमा जोड दिनुभयो । महाधिवेशनले पार्टी भित्रको समस्या समाधान गर्ने तथा पार्टीको संरचना, उपयुक्त पात्र छनौट तथा विधि विधान, सिद्धान्तको निर्माण गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार

काठमाडौँ, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । आज