उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ, १३ भदौ । उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

गृह मन्त्रालयका अनुसार होम क्वारेन्टिनमा रहेका तीनै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानसेनापति थापा पनि होम क्वारेन्टिनमा थिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै मन्त्रीहरु र प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना