प्रहरी र डाक्टरसहित वीरगन्जमा ५० जनामा कोरोना पुष्टि

वीरगन्ज, १३ भदौ । वीरगन्जस्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षक र महिला डाक्टरसहित ५० जनामा कोरोना पुष्टि भएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा ५ महिला र ४५ पुरुष गरी ५० जना रहेको नारायणी कोभिड अस्पतालका चिकित्सक डा उदय नारायण सिंहले जनाए । उनका अनुसार शुक्रबार प्रयोगशालामा ४४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ५ महिलासहित ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् ।

काठमाडौँ, १० असोज  । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन्

काठमाडौँ, १० असोज । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा

काठमाडौँ, ९ असोज । जिल्ला समन्वय समिति काठमाडौंँ र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि शुक्रवार सम्झौता भएको