चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना पुष्टि

एजेन्सी, १३ भदौ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना पुष्टि भएको छ ।

चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ । बिहीबार परीक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

तर, यस बारेमा चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन । ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टाइनमा बसेको बताईएको छ । चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय