उपचार गर्न नौ हजार शय्या तयार गर्ने

काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न लागिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)का प्रमुख डा. गुणराज लोहनीले मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको जानकारी दिए । उनले नौ हजारमध्ये झन्डै ७० प्रतिशत शय्या प्राप्त भइसकेको भन्दै बाँकी शय्या थप्न आवश्यक अनुमगन तथा तयारी भइरहेको जानकारी दिए ।

उनले आइसोलेसनका लागि डेढ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको जानकारी दिनुभयो । उक्त रकम भवनको भाडाबाहेक हो । “यो सरकारको नीतिअनुसार काम भएको हो”, डा. लोहनीले गोरखापत्रसँग भने, “सङ्क्रमितको सङ्ख्या दैनिक बढेसँगै आइसोलेसन सेन्टरको पनि व्यवस्था गर्नुपर्ने हुन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०