अमेरिकामा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा चार जनाको मृत्यु

एजेन्सी, १२ भदौ । अमेरिकामा शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

लरा नामक आँधीले पुर्‍याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ । लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ ।

बीबीसीका अनुसार करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको छ। पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ । तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने आएन किनकी आँधी पूर्वतिर लाग्यो । अहिले सो आँधी कमजोर बनेको बताइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछिल्लो अवस्थाबारे बताइएको छ । उनले प्रभावित क्षेत्रको सप्ताहान्तमा भ्रमण गर्ने बताएका छन् । उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका निम्ति आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्ने सम्बोधन पछि सार्न खोजेको तर त्यसो गर्नु नपरेको बताए । ‘हामीलाई अलिकति भाग्यले साथ दियो। आँधी निकै ठूलो थियो तर छिट्टै नै गइहाल्यो,’उनले भने । लोरा तथा अघिल्लो आँधी मार्कोले क्यारिबियन क्षेत्रमा २४ जनाको ज्यान गएको थियो ।

त्यहाँ रुख ढलेर लाग्दा चारजना मारिएको बताइएको छ। साथै लेक चार्ल्स नगरको बाहिरी भागमा रहेको एउटा रसायन कारखानामा आगलागी भएको छ।आगलागीपछि स्थानीय बासिन्दाहरूलाई झ्याल बन्द गरेर घरभित्रै बस्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको जल

सुर्खेत, ८ असोज । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको

काठमाडौँ, ८ असोज । उपत्यकाको सडक वरपर हिटी (ढुङ्गेधारा) पाटी, मन्दिर, चैत्य, पोखरी नदेखे नेपालको सडक हो, कि विदेशको थाह

बुटवल, ८ असोज । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी