विदेशीको इशारामा क्षत्री समुदायमाथि धावा बोलिएको छ : क्षत्री समाज

काठमाडौँ, १२ भाद्र । क्षत्री समाज नेपालले केही दिन अघि नेपालको राष्ट्रिय झण्डा जलाउनु तथा खस क्षत्री र बाहुनहरुमाथि धावा बोलिनु विदेशीको इशारा र लगानीमा भएको ठहर गरेको छ ।

क्षत्री समाज नेपालले एक विज्ञप्ती प्रकाशित गरेर ‘मंगोल नेशनल अर्गनाइजेशन’ ले खस क्षत्री र बाहुन समुदायमाथि गाली गलौज गर्दै नेपालको राष्ट्रिय झण्डा जलाउने दुस्साहस गरेकोमा त्यसको घोर भत्र्सना गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्री र महासचिव केश बहादुर केसीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा जातीय र साम्प्रदायीक सद्भाव भड्काउने जोकोहीलाई पनि कडा भन्दा कडा कारवाही गर्न सरकारसंग जोडदार माग गरेको छ ।

दोषिमाथि कडा कारवाही नगरिएमा क्षत्री समाजले राजधानीमा मात्रै नभई मुलुकभरी आन्दोलनको आँधिवेहरी ल्याउने क्षत्री समाज काठमाडौं जिल्ला अध्यक्ष एवम् काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काले बताए । ‘राष्ट्रिय एकता कायम गर्न र जातिय सद्भाव कायम गर्न क्षत्री समाज सदैव एकजुट छ’-अध्यक्ष खड्काले भने ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्