विपद्को सारथी बैकल्पीक उर्जा : लिदीको अस्थायी शिविरमा सौर्य ऊर्जा वितरण

काठमाडौँ, ११ भदौ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लिदी पहिरोबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २ स्थित लिदीमा पहिरोबाट विस्थापित स्थानीय बासिन्दाहरुको अस्थायी शिविरमा विद्युत आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो । उक्त प्रणालीहरु जुगल गाउँपालिका वडा नं. १ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा मिति २०७७ भदौ १० गते आयोजित एक कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले प्रतिनिधिसभाका सम्माननीय सभामुख अग्नि प्रसाद सापकोटा मार्फत गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । वितरित सौर्य प्रणालीबाट प्रति प्रणाली ४ वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ ।

श्रावण ३० गते आएको भिषण पहिरोमा परी लिदीको २७ घर पूर्ण रुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने ६ जना अझै हराइरहेका छन् । पहिरोबाट १७२ घर जोखिममा परेका छन् । पहिरोबाट पिडित परिवारलाई हाल अस्थायी रुपमा गाउँपालिकाको वडा नं. १ स्थित बाँसखर्कमा अस्थायी शिविर खडा गरी स्थानान्तरण गरिएको छ ।

राहत सामाग्री वितरण तथा शिविर अवलोकनको लागि आयोजित उक्त कार्यक्रममा बोल्दै सभामुख अग्नि प्रसाद सापकोटाले सिन्धुपाल्चोकका लिदीको साथै बाह्रबिसे, भोटेकोशी, मेलम्ची लगायत विभिन्न स्थानमा यसै वर्षायाममा गएको पहिरोबाट ७५ जनाले ज्यान गुमाइसकेको बताउँदै जिल्लामा परेका यस महाविपत्तिको घडीमा सहयोग गर्न आग्रह गर्नुभयो । लिदीबासी हाल गहिरो शोकमा परेकोले तत्काल राहत तथा पुनस्थापनाको लागि द्रुतगतिमा काम गर्नुपर्ने बताउनुभयो । साथै देशमा महामारीको रुपमा फैलिरहेको कोरोना भइरसको त्रासको बाबजुद पनि पिडितहरुको शिविर स्थलसम्म आएर सौर्य ऊर्जा वितरण गरेकोमा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीलाई उहाँले धन्यवाद दिनुभयो ।

सो कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक अधिकारीले लिदीमा भिषण पहिरोबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशमा आइपर्ने यस्ता विपत्तिको घडीमा केन्द्रले निरन्तर सहयोग पु¥याउँदै आएको बताउनुभयो । ग्रामीण दुरदराजमा आइपर्ने यस्ता विपत्तिमा सबैले एकजुट भएर सामना गर्नुपर्ने बताउनुभयो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रहेको यस केन्द्रले अढाइ दशकदेखि देशका ग्रामीण भेगमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरु सौर्य ऊर्जा, लघु जलविद्युत, बायोग्यास, सुधारिएको चुलो, सुधारिएको पानीघट्ट, वायु ऊर्जा जस्ता प्रविधिहरु प्रवद्र्धनमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले पहिरोबाट पिडितहरुको उद्धार, राहत तथा पुनस्थापनाको लागि गाउँपालिका अहोरात्र खटिरहेको बताउँदै विपदको सामना गर्नको लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । साथै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुरोध गर्नासाथ तत्काल सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएकोमा केन्द्रलाई धन्यवाद दिनुभयो । कार्यक्रममा जिल्ला विपद व्यवस्थापनसँग सम्बन्धित प्रतिनिधिहरु, राष्ट्रिय विपद न्युनीकरण प्राधिकरण, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न संघसंस्थाबाट उपलब्ध राहत सामाग्रीहरु वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड(१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश

एजेन्सी, ८ असाेज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४०