वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौँ, ११ भदौ । वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ ।

इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते कोरोना पुष्टि भएको थियो । त्यसयता ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार बुधबार मात्रै नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टि भएको छ ।

सेन्चुरीका अनुसार बुधबार नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएपछि अस्पतालको सेवा समेत प्रभावित हुन थालेको निर्देशक सेन्चुरीको भनाइ छ । अस्पतालका अुनसार केही संक्रमित कर्मचारीलाई वीर अस्पतालकै आइसोलेसनमा राखिएको छ भने केही कर्मचारी होम आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । सूर्यविनायक नगरपालिकाको आफ्नो सुविधा सम्पन्न तथा आधुनिक आफ्नै भवनको निर्माणको क्रममा रहेको छ । कटुञ्जमा महेन्द्र

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न

काठमाडौँ, ७ असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त

काठमाडौँ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ