प्रजातन्त्रद्वारा महिलाः भविष्यलाई उज्यालो देख्ने र अगाडी बढ्ने संकल्प

मन कुमारी जिसी (केसी)

प्रजातन्त्रद्वारा महिला बिषयमा डेनमार्कको भ्रमण गरेको पनि २० वर्ष भयो । २०५७ साल भाद्र १० गते देखी असोज १५ सम्मको अविस्मरणीय यात्राको सम्झनामा कलम चलाउदै छु । त्यतिबेला म डिसीआर डिसीको कोषाध्यक्ष र महिला विभाग प्रमुख थिए । सामाजिक, शैक्षिक, राजनैतिक, सहकारीता सांस्कृतिक सबै ठाउँको अनुभव र अनुभुति संगालेकी म आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य साथमा प्रतिनिधि सभाको सांसद छु । मेरो जिबनको उकाली ओरालीमा महत्वपूर्ण प्रेरणा दिने सबैलाई सम्झन र सम्मान गर्न चाहन्छु । स्वयं आफै कोही पनि सबै बुझ्ने हुँदैन बुझ्दै जानका लागी धेरै संगत र आत्मजागृति पनि चाहिन्छ । महिले जे सिके त्यो मेरो आफ्नो मात्र लगानी होइन । मेरो आमाले गर्भमा राखेदेखीको मेरो सिकाईले आज जिम्मेवार तहमा पुराउन पनि धेरै कालीगढ र धेरै यात्रा पार गर्नु परेको अवस्थालाई मैले भुलेको छैन ।

जति जीवनमा संयोग र वियोग बने ति सबै अतित् हुन अतित भुलेर वर्तमान अगाडी बढन सक्तैन । अतित सिकाई हो वर्तमान कार्यगति लिने समय हो । भविष्यलाई उज्यालो देख्ने र अगाडी बढ्ने संकल्प हो । त्यही अनुरुपका सिकाईकै क्रममा देश विदेशमा धेरै अनुभवको आदानप्रदान भयो । त्यस मध्येको डेनमार्कको भ्रमणले हामीलाई यति धेरै आशा जन्माएको थियो यति धेरै, आफ्नो यात्रा जहिले पनि नरोकिई अगाडी बढ्यो । राजनीतिक जीवनमा पनि मेरो संग्लनता र जिम्मेवारिता छदै थियो । निरन्तर यात्राले नै गन्तव्य भेट्टाउन सफल हुन्छ । यो मेरो अनुभव हो । नेपालबाट ५ हप्ता संसारको सुखी र खुशी राष्ट्रको रुपमा चिनीएको देश डेनमार्क जाने शुभारम्भ कसरी भएको थियो । डीसीआर डिसीको अध्यक्ष केबी राना मगर हुनुहुन्थ्यो । डिसीआरडिसीको कोषाध्यक्ष र महिला विभाग प्रमुख डेनिस परियोजनाको सामाजिक कार्यकर्ता यी जिम्मेवारिताले म धेरै व्यस्त रहन्थे । साथमा राजनैतिक यात्रापनि रोकिएको थिएन । यति विधी खटेर कार्य गर्दथ्यौं की सायद सारा परिवर्तन हामीबाट मात्र संभव छ जस्तो गरिकन ।

काममा प्रतिबद्ध भएर लाग्दथ्यौ । एम.एस नेपालका डेनिस भोलीन्टीयर निना र हान्स श्रीमान श्रीमती हुनुहुन्थ्यो । पनि यसै संस्थामा हुनुहुन्थ्यो । एक दिन मेरो नजिकै आएर भन्नु भयो । तिमी यति धेरै काममा खटेको देख्छु डेनमार्क जाने हो भने कार्यक्रम मिलाउँछु । मैले भने जान पाए त जाउला नी उनीहरुले मलाई सधै ख्याल राख्दथे जहिले अफिस आउँदा केही न केही चकलेट ल्याई दिने अनी भन्ने हार्ड वर्कर मन उनीहरुको सधै ख्याल राख्ने बानी थियो । म पनि प्रभावित थिए । उनीहरुका दुई बच्चा थिए । मेरा बच्चाहरुसँग जाउ भन्थे र कहिले काहीँ जान्थे । यति धेरै मायाँका खानी रहेछन् डेनिसहरु । मेरो नजिक आएर सधै कुराकानी हुन थाल्यो । एक दिन मेरो छेवैमा आएर हान्सले भने ल डेनमार्क जानुपर्छ । नीना र मेरो कुरा भयो हार्ड वर्कर लिडर । फेरी भने यति धेरै मेहनत गरेर काम गरेको देखेको छु । त्यसैले हामी तपाईसँगै अरु महिलाहरुलाई पनि लैजाने विचार गरेका छौं । अनी दोभाषे डेनीस भाषा सबै व्यवस्था हुन्छ । कुनै समस्या हुँदैन । झन् खुशी भयौ । तिमी धेरै काम गर्ने त्यसैले हामी पनि खुशी हुने मैले भने धेरै धन्यबाद । उनीहरुले सधै भन्ने गर्थे । लल हुन्छ टेक केयर । मलाई खासै कामकै काम हुन्थ्यो ।

फिल्ड अनी कम्प्युटरमा डाटा कम्पाएल महिला विभाग भएको हुँदा महिलासँग संम्बन्धीत कुरा धेरै आउँथे । जिम्मेवारिता पुरा गर्ने नै हो भने निक्कै मेहनत नगरी नहुने नै थियो । त्यसको पनि धेरै कामै काम । कोषाध्यक्ष भएकोले पनि । कम्प्युटरमा उत्पादनको डाटा कम्पाएल गर्दा कहिले काही निक्कै अवेर हुन्थो । उनीहरु भन्थे जाने बेला भएन म भन्थे मेरो हिसाब मिलेन त्यहाँ तरकारी उत्पादन बिक्री घर खाएको र नाफा भएका उपलब्धी सबै बारे तयार गर्नु पर्ने हुन्थ्यो । सबै कुरा निकाल्नु पर्दथ्यो । निक्कै अवेरसम्मको काम त दैनिकी नै थियो । उनीहरुले मलाई निक्कै ध्यान दिएको अनुभुति गर्दथे ।

एक दिन ल बधाई छ । डेनमार्क जाने पक्का भयो । तपाई लगाएत नेपालका ८ जना महिलाहरु म पनि निक्कै खुशी भए । एम. एस नेपालकै कार्यक्रम हेर्ने सरस्वती केसी हाल लण्डन हुनुहुन्छ । नारी विकास केन्द्र बिराटनगर दुर्गा निरौला, रीता भटृराई पाल्पा महिला कल्याण संघ पाल्पाबाट, शुशीला डंगोल, बेस दाडबाट शान्ता चौधरी स्यानी चौधरी, नारी विकास केन्द्र नेपालगञ्जबाट दुर्गा खत्री दोभाषेको रुपमा बिज्ञ होमा थकाली दीदी ज्यू । डेनिस एना समेत गरी ९ जना नेपाली र १ जना डेनीस हामी ५ हप्ता भ्रमणमा निस्कीयौ । मेरो नानी सन्ध्या ७ वर्ष शुशील ३ वर्षका मात्र थिए । उनीहरु मलाई छाडन मानेका थिएनन् । पोखरासम्म सँगै गयौ बच्चा र मेरो श्रीमान् घरमा फर्किनु भयो । हामी यात्रा गर्न काठमाडौँै पुग्यौ । सबै तयारीका लागी हामीलाई कुनै दुख थिएन । सबै उहाँहरुले नै व्यवस्था गर्ने गर्नु भएको थियो । हामीले ५ हप्तासम्म भ्रमण गर्ने स्थान र हामीले ख्याल पुराउनु पर्ने विषयमा व्यापक तयारी भयो ।

डेनमार्कको भ्रमण ज्यादै उपयोगी थियो । डेनिस सांसदमा जादा जती उत्साही भएका थियौं । त्यति बेला नै ३६ प्रतिशत पार्लियामेन्टमा महिला प्रतिनिधीत्व थियो । श्रमीकबाट नै सांसद मन्त्री बनीरहेको अवस्था थियो । सबै ठाउँमा समानताको रुपरेखा देखीन्थ्यो । वास्तवमा राजनैतिक सामाजिक कल्याणकारी नमुना योग्य कार्य गर्ने कसरी त्यो सिकाई सिक्ने, विश्वभरको शान्तीप्रिय देश लाग्यो डेनमार्क । अहिले पनि म डेनमार्कको गुगलमा सर्च गरेर सबै पक्षलाई नियालीरेकी हुन्छु । लाग्छ तिब्र विकास, शान्तीका लागी एकताका लागी स्नेह र भातृत्व प्रेमको अनुपम उदारण छ । त्यसैले त म कहिल्यै बिर्सन सक्तिन ।

सदनमा पनि म दुई पटकसम्म बोलेकी छु । डेनमार्कको राजदुतावास र नेपालको कमैया मुक्ती आन्दोलनमा विश्वभर एडभोकेसी गरेका कुरामा हामी कृतज्ञ छौं । क्षमता अभिवृिद्ध आय आर्जन, विकास निर्माणका सबै एकिकृत कार्यक्रमहरु नमुना योग्य थिए । नेपालमा अझै जरुरी छ । जस्तो लाग्दछ । देशभरका विद्यार्थीहरुले एक दिन श्रम गरेर जम्मा गरेको पैसाले नेपालको शिक्षामा लगानी गर्ने युवाहरुको अनुपम उदाहरण हो । कोही पनि नबसी काम गर्ने भएको हुँदा नै विकास भएको हो । कुनै पनि स्थान राम्रो बनाउने त्यसमा कार्य गर्ने जनशक्तिले हो । त्यहाँ कार्य गर्ने सबै अत्यन्तै मिलनशार र सहयोगी मनका धनी थिए । जति बयान गर्दा पनि नपुग्ने । त्यस भ्रमणलाई सम्झीदा जति नै सुकै मन भित्रको उकुस मुकुस पनि सहजतामा परिणत हुन्छ ।

त्यसैले यस कामको निरन्तरता दिन एक्यबद्धता मन्च समेत स्थापना गरी (डेनमार्कदेखी डोटीसम्मको) यात्रा तय भएको थियो । सो भ्रमणका अवसरमा लैगिंक समानता, प्रजातन्त्र, महिला अधिकार, महिला हिंसा र सामाजिक बिकासमा डेनिस जनकल्याण प्रणाली र त्यहाँको संस्कृति जस्ता कुराका बारेमा जानकारी लिन विभिन्न संघ संस्थाहरु, स्कुल, संसद, महिला श्रमिक संगठन, परामर्श सेवा केन्द्र, सोसियल स्कुल, जेण्ठ नागरीक स्याहार केन्द्र, अपाडता भएकाहरुको आवस केन्द्र पुस्तकालय, पार्लियामेन्टदेखी धेरे महत्वपूर्ण विषयमा जानकारी लिएका थियौं ।

भ्रमण गोष्ठी तालिमको माध्यमद्वारा प्रत्यक्ष बुझ्ने र जान्ने मौका पायौं । अध्ययनका सबै कार्यक्रम सकिए पछि हाम्रो विदाईको बेला एकजना प्रोफेसरले भन्नु भएको थियो । यो विकसित देश डेनमार्क हजुरहरुको देश नेपाल विकासन्मुख देश सिकेका कुरा सबै भैदिए हुन्थ्यो भन्ने लाग्दछ तर आफ्नो देशको संस्कृति र माटोको अवस्था बुझेर व्यवहारमा लागु गर्नु यो भनाई ज्यादै महत्वपूर्ण थियो । सो भ्रमणबाट नेपाल फर्केपछि नेपाली समाजमा अनुभव बताउने प्रतिबद्धता बोकेर जेण्डर नेटवर्किड समुह नेपाल २०५७ स्थापना गरेका थियौं ।

महिला हिंसा र सामाजिक लिंगभेद रहित समाजको निर्माण गर्ने परिकल्पना गरी महिलाहरुमाथि हुने हिंसाको बिरुद्धमा परामर्श सेवा उपलब्ध गराउने आफ्नो संस्था समुहमा महिलाहरुमाथि हुने हिंसाबिरुद्ध नीतिहरुको निर्माण गर्न प्रभाव पार्ने । महिला अधिकारको बारेमा चेतना अभिवृद्धी गर्ने महिला तथा पुरुषहरुलाई महिलाहरुमाथि हुने हिंसा विरुद्ध र लैगिक समानताबारे सचेतना गराउने लैगिंक समानता र महिलाहरुमा हुने हिंसाका विरुद्धमा काम गर्ने संस्थाहरुबाट जानकारी लिने, एम.एस नेपालको लैगिक नितीमा प्रभाव पार्ने आफनो संस्थाका कार्यक्रमहरुमा एकिकृत गर्दे लैजाने एक अर्कामा अनुभवको बाडचुड र आपसी सहयोग गर्ने, सदस्यहरुको क्षमता अभिवृद्धि गर्न अवसरको खोजी गर्ने । यी र यस्ता कार्यहरु गर्ने गरी योजनाबद्ध ढंगले हामी कार्यक्रमको तय भयो ।
यात्रा अवसर र चुनौती दुबै थिए । हाम्रो हामी नेशनल डेनिस स्कुल अफ सोसियल वर्क आरहुस डेनिस संसद तथा एम.एस. कोपेनहेगनको विशेष योगदान रहेको थियो ।

महिलाद्वारा प्रजातन्त्र परियोजना कार्यक्रम चार चरणमा गरिएको थियो । पहिलो चरणमा उपयुक्त सहभागी छनोट गर्ने काम दोश्रो चरणमा तयारी कार्यशाला गोष्ठी तेश्रो चरणमा डेनमार्क भ्रमण सम्पन्न भयो । अन्तीम चरणमा दुईवटा अनुगमन गोष्ठीहरु संचालन गरी डेनमार्क भ्रमणमा सिकेका कुराहरु आफनो आफ्नो संस्थामा समुदायमा गएर प्रयोगमा ल्याउने कार्य सम्पादन भएको थियो । भ्रमण दलका महिलाहरुले डेनमार्क भ्रमणमा प्रजातन्त्र र प्रजातन्त्र प्राप्ती पछिका महिलाका हक अधिकार सुनिश्चितताको अवस्था र संसारको खुशी र सुखी राष्ट्रको सुचीमा पुराउन गरेका कामहरु मध्यमा पनि समानताको हकमा महिला विकास सम्बन्धी धेरै कुराहरु सिकेका थियौ । विशेष जोड घरेलु हिंसामा दिईएको थियो । भ्रमण दलका महिलाहरुले आफ्नो आफ्नो समुदायमा गएर अनुभव आदान प्रदान गर्ने भ्रमणहरु भ्रमण अध्ययन र केही अनुभवको आदान प्रदानबाट प्रायः अन्त्य हुन्थ्यो । तर यसको उद्देश्य फरक थियो ।

हामीले सल्लाह र परामर्श गर्ने कार्य गरीयो । यसलाई जेण्डर नेटवर्किड समुहको नाम दिनु पर्दछ । एउटा संस्थाको आवश्यकता पर्दछ । भ्रमणबाट फर्किएपछि पटक पटक हामी धेरै मेहनत गरेर पहिलो काम घरेलु हिंसा घटाउने पुस्तिका प्रकाशन गर्ने निधो गरी एम. एस नेपाललाई समूह स्थापना गर्न र पुस्तक प्रकाशनमा सहयोग प्राप्त गरियो । प्रजातन्त्र परियोजना कार्यक्रमका चारै चरणका कार्यक्रममा एम. एस नेपालले मानव स्रोत तथा प्रविधिक सहयोग उपलब्ध गराइएको थियो । जनस्तरका महिलाहरुसँग काम गरीरहेको, अनुभव संगालेका तथा डेनमार्कमा र नेपालका लागी घरेलु हिंसा घटाउने संघसंस्था राजनैतिक सामाजिक सांस्कृतिक अनुभबाट सिकेका कुराहरुको संगालो मिलेर प्रकाशन गर्न एम. एस. नेपालले पनि धेरै साथ र सहयोग दिईरहेको थियो । आज पनि बिज्ञ होमा थकाली दिदी, प्रोग्राम अफिसर शिब डंगोल र केसाड दिदीसँग बेलाबेला सम्पर्कमा नै छौं । उहाँहरुको सल्लाह ज्यादै महत्वपूर्ण छ ।

एम. एस. (डेनिस अन्तराष्ट्रिय सहयोग संस्था) अन्तराष्ट्रिय साझेदारी र एक्यबद्धतामा आधारित रहेर जनमुखी विकासको प्रबद्र्धन कार्यमा जुटेको एक अन्तर्राष्ट्रिय गैरसरहारी संस्था थियो । एम.एस नेपालको कार्यक्रमको मूलनीति खसगरी समाजका गरिब र सुविधाविहीन वर्गमा आत्मनिर्भर हुन सक्ने खुविको विकास गर्दे तिनीहरुको बीच लैगिक हिसावले सन्तुलित तथा आर्थिक र बातावरणीय दृष्टिले दिगो विकास, कार्यक्रम संचालन गर्नु रहेको थियो । यस संस्थाले ज्यादै योजनाका साथ कार्य सम्पादन गर्दथ्यो । डेनमार्कको भ्रमण ज्यादै उपयोगी थियो । हिजो आज पनि म समय भयो भने मलाई अली मनमा उकुस मुकुस भयो भने आँखा चिम्म गरेर डेनमार्कको भ्रमण गर्दछु । डेनिस सांसदमा जादा जती उत्साही भएकी थिए संझन्छु म पनि अहीले सांसद छु । हिजो संस्था जिल्ला विकास समिती, गाउँ पालिकामा निती बनाउन आवाज उठायौं बनायौं आज आफै निति बनाउने ठाउँमा छु । त्यसैले धेरै कार्य गर्नु पर्दछ ।

यति बेला हामी अरुको टीका टिप्पणी गरेर बस्ने समय पनि छैन । सबै नजुटी विकास हुदैन किन समय बर्बाद गर्ने भन्ने लाग्छ । हामी गरिवि बदल्छौं विभेद बदल्छौं भनेका मान्छे आफै बदलीएका छौं की छैनौं त्यो पनि पुनराबलोकन गर्ने गर्छु । सबैलाई सबै चित्त नबुझन सक्छ । तर आफ्नो मनलाई इमान्दारीताको कसीमा जाच्नु पर्छ, यो मान्यताका साथ अगाडी बढ्ने कोशीस गर्नु छ । वास्तवमा राजनैतिक, सामाजिक, कल्याणकारी नमुना योग्य कार्य गर्ने कसरी त्यो सिकाई सिक्ने विश्वभरको शान्तीप्रिय देश लाग्यो डेनमार्क । अहिले पनि म डेनमार्कको गुगलमा सर्च गरेर सबै पक्षलाई नियालिरेकी हुन्छु । लाग्छ शान्तीका लागी एकताका लागि स्नेह र भातृत्व प्रेमको अनुपम उदारण छ । त्यसैले त म कहिल्यै बिर्सन सक्तिन हाम्रो देश संघिय सांसदको हिसावले म सदनमा पनि दुई पटकसम्म बोलेकी छु । डेनमार्कको राजदुताबास र ति कार्यक्रमहरु नेपालमा अझै जरुरी छ । कुनै पनि देशलाई राम्रो बनाउने त्यसमा कार्य गर्ने जनशक्तिले हो । डेनमार्कमा जहा जादापनि अत्यन्तै मिलनशार र सहयोगी मनका धनी थिए । सकारात्मक खोज र अनुसन्धानमा तल्लिन थिए । हाम्रो देश नेपालमा पनि नभएको त होइन तर अझै सकारात्मक रुपमा लाग्नु पर्ने जरुरी छ ।

हाम्रो देश नेपालले १९७७ असार २५ मा नेपालमा शतिप्रथा उन्मुलन भएको अवस्थामा शतिप्रथाको उन्मुलनका सय वर्षको अवधिका उपलब्धीहरुलाई विश्लेषण गरी रहेका छौं । अमानविय व्यवहारबाट मुक्ति पाए पनि चिन्तामा जलाउनेहरुको लागी अझै जागरुकता र सचेतनाको जरुरत छ । समानताका पाईलाहरु अगाडी बढीरहेकै कारण आज राज्यमा ३३ प्रतिशत र स्थानिय तहमा ४० प्रतिशत जनप्रतिनिधित्व रहेको छ । राज्यमा महिलाहरुले महत्वपूर्ण भुमिका खेली रहेको पाईन्छ । शतिप्रथादेखी राष्ट्रपतिसम्मको उपलब्धीलाई सम्मान गर्दै थप सुक्ष्म योजनाका साथ लाग्नु पर्ने आजको आवश्यकता रहेको छ ।

मानव अधिकारकै रक्षाका लागि खटनु पर्ने आजको विशेष अवस्था छ । संविधानले समानताको हक स्थापित गरिसकेको छ । व्यवहारीक कार्यान्वनका लागि लाग्नु पर्ने जरुरी छ । लोकतान्त्रीक गणतन्त्र नेपालका संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारलाई अझै प्रभावकारी बनाउँदै अगाडी बढन सबैको साथ मिलोस् । कानुनी व्यवस्थालाई कार्यान्वयनमा ल्याउन संबेदनशिल हुन सकौ । कानुनको प्रभावकारीता कार्यान्वयन बनाउन सकौ समतामुलक न्याय र समानतामा आधारीत मर्यादायुक्त व्यवहार गर्न सफल बनौं यही शुभकामना र संकल्प छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १५ चैत । काठमाडौँ मेडिकल कलेजले चाँगुनारायण नगरपालिका वडा नं.२ मा सञ्चालित दुवाकोट स्वास्थ्य चौकी मार्फत नि:शुल्क बहिरंग स्वास्थ्य

काठमाडौँ, १५ चैत । क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका

सुर्खेत, १५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीका‌ अनुसार सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान