पार्टीभित्र कथा कथुंग्री कथ्नुको कुनै अर्थ छैन : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, १० भदौ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभिन्न कथा कुथुंग्री कथ्नुको कुनै अर्थ नभएको बताउनुभएको छ ।

पछिल्लो केही महिना यता नेकपा भित्र विभिन्न प्रकारको विवादहरु चरम उत्कर्षमा पुगेका कारण पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधान गर्न गठित कार्यदलले विवाद समाधान गर्ने विभिन्न सुझावहरु सहित प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा पार्टीका केही शिर्ष नेतृत्वले असहमति जनाएको प्रति लक्षीत गर्दै उहाँले गठित कार्यदलले सहमति खोज्न नै कार्यदल गठन भएको स्पष्ट पार्नुभयो ।

नेकपाको स्थायी कमिटीका सदस्य तथा कार्यदलका सदस्य समेत रहनुभएका उहाँले सवैको योगदान तथा सर्वसम्मत निर्णयबाट प्रतिवेदन तयार पारेकाले यो वा त्यो बहानामा पार्टीलाई विवाद पुनः ल्याउने कथा बन्नुको अर्थ नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीमा सहमती खोज्ननै कार्यदल गठन भएको थियो । सबैको योगदानवाट सर्वसम्मत प्रतिवेदन तयार भएको छ । कथा कुथुंग्री कथ्नुको अर्थ छैन ।’

साउन ३० गते पार्टीका महासचिव विष्णु पौडेलेको संयोजकत्वमा गठित कार्यदलका सदस्यहरुमा शंकर पोखरेल, डा. भिम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल रहनुभएको थियो । उक्त कार्यदले भदौ ६ गते अध्यक्षद्वयलाई सर्वसम्मत ढंगबाट निर्णय गरी प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स

काठमाडौँ, २९ भदौ । ५ दिन अगाडि मनालीबाट मुम्बई आएकी बलिउड नायिका कंगना रनावत फेरि आज आफ्नै घर मनाली फर्किएकी

काठमाडौँ, २९ भदौ । नायिका नीता ढुंगाना आज आफ्नो जन्मदिन मनाउँदैछिन् । हेटौडामा जन्मिएकी नायिका ढुंगाना चलचित्र ‘मितिनी’ मार्फत बालकलाकारको रुपमा

काठमाडौँ, २९ भदौ । नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा