म बन्द कोठाभित्र थुनिएको छु : गायक प्रमोद खरेल

काठमाडौँ, १० भदौ । गायक प्रमोद खरेलले सामाजिक संजालमा कविता लेख्दै आफ्नो छटपटी व्यक्त गरेका छन् ।

उनले लेखेका छन, ‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किको छ, सकस र अभाव मै तिर फर्किएको छ, मेटाउन खोज्दैछ शक्तिशाली खेलले, बगाउन खोज्दैछ महामारीको भेलले, घाँटी घाँटी पानीमा डुब्दै डुंगा पछाडि झुण्डिएको छु ।’

‘न मलाई केही थाहा छ, न केही जान्दछु, ननिस्कनु बाहिर भन्छन्, बस त्यही मान्दछु, पुर्खाको इतिहास किताबमा सिमित राखे, पराधिन छु त्यसै पनि, कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहाँ, कसैको आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहाँ, देश र जनताको नाममा पर्चा छर्छन् यहाँ, दुनो सोझ्याउनु छ सबैलाई, भ्रष्टचार र भागवण्डाले पेट भर्छन् यहाँ, जिन्दगी बन्दगी राखेर सास फेर्नेहरु, सिटामोलको अभावले मर्छन् यहाँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले कोरोना भाइसर (कोभिड–१९)को महामारी वा प्राकृतिक प्रकोपबाट संकटमा

काठमाडौँ, ५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता