पाटन निस्ट कलेज अब ललितपुरको वालकुमारीमा

ललितपुर, ५ भदौं । विगत २६ वर्षदेखि नेपालको उच्च शिक्षामा विशिष्ट योगदान गर्दै आएको पाटन निष्ट कलेज (नेशनल इन्स्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजि) ले सबै विद्यार्थीलाई पायक पर्ने गरि चालु शैक्षिक सत्रदेखि ललितपुरको बालकुमारी चक्रपथस्थित कलेजको नयाँ भवनबाट पढाई शुरु गर्ने भएको छ ।

कोटेश्वरदेखि बालकुमारीसम्म विभिन्न विषय अध्यापन गराउने कलेजहरु स्थापना भई त्यस क्षेत्र कलेज हवको रुपमा विकास हुँदै आएकोले ललितपुरको बखुण्डोलमा रहेको पाटन निष्ट कलेजलाई चालु शैक्षिक सत्रदेखि वालकुमारीमा सारिएको हो । नयाँ भवनमा लिफ्टदेखि सम्पूर्ण भौतिक सुविधा रहेको छ भने चक्रपथमा चल्ने सार्वजनिक बसबाट समेत कलेजमा आउन सजिलो छ ।

केही दिनअघि माद्यमिक शिक्षा परिक्षा (एसईई) को परिक्षाफल प्रकाशित भएपछि सो परिक्षामा उतिर्ण भएका विद्यार्थीहरुलाई लक्षित गरि चालु शैक्षिक सत्रदेखि नै कक्षा ११ मा विज्ञान र व्यवस्थापन विषय अध्यापन शुरु गरिन लागेको कलेजका निर्देशक सुनेत्र प्रधानाङ्गले बताउनुभयो ।

‘भर्खर एसईई उतिर्ण भएर उपयुक्त शैक्षिक वातावरणमा सरल र सुलभ रुपमा गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावको चाहना र विद्यार्थीहरुको सुविधाको लागि हामी बखुण्डोलबाट बालकुमारीमा सरेका हौं’—निर्देशक प्रधानाङ्गले भन्नुभयो ।

सो कलेजले कक्षा ११ र १२ मा विज्ञान,व्यवस्थापन र कानून विषय तथा स्नातकतर्फ बि.एस्सी, ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) र ब्याचलर अफ बिजनेश स्टडीजको साथै स्नातकोत्तर (मास्टर डिग्री) तर्फ मास्टर अफ बिजनेश स्टडीज (एमबिएस) विषय पढाउँदै आएको छ ।

शिक्षासेवी डा. त्रिनेत्रमान प्रधानाङ्ग अध्यक्ष रहेको निष्ट कलेजको प्रिन्सिपल केशव धामी हुनुहुन्छ । काठमाण्डौ उपत्यकाका तिनै जिल्ला र काभ्रेको बनेपामा समेत निष्ट स्कुल र कलेज सञ्चालनमा रहेको छ ।

बालकुमारीमा कलेज स्थानान्तरण भएको अवसरमा लकडाउन खोलेलगत्तै चालु शैक्षिक सत्रमा कक्षा ११ मा नयाँ विद्यार्थी भर्नाको लागि सो कलेजले जेहेन्दार र मेधावि विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक छात्रवृत्ति उपलव्ध गराउने कलेजका प्रिन्सिपल केशव धामीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा