मनकुमारी जिसी
सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीकै कारण नेकपा एमाले दर्ता भएको हो भन्ने अविश्वसनीय भनाईले धेरै पिडाबोध महशुस भएको छ । जस्ले विशाल समुन्द्र बनाए त्यहि सानो खोलो सम्झने प्रबृति हटनुपर्छ । केपी ओली किताव खुला पाना जस्तै महशुस गर्छु । विश्व कम्युनिष्ट आन्दोलनमा माओ, लेनिन कै हाराहारिमा आफ्नो उचाई नबनाएको भए नेपाली राजनीति कुहिरो भित्रको काग जस्तै हुन्थ्यो सायद । नेपाली कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलाल, कमरेड मदन भण्डारीको संकल्पलाई पूरा गर्ने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुन ढंगले घेराबन्दि पार्ने कोशिस निरन्तर जारि छ । यो हामीलाई सहृय हुन सकिरहेको छैन ।
स्वाभिमान पुर्वक संघर्षमा केपी ओली कहाँ नीर चुक्नु भयो । संविधान निर्माण गर्ने अबस्थामा कुन खालको अगुवाई लिनु भएको थियो रु यो हामी महशुस गरेका छौं । १३ दिन सम्म नेकपा एमालेको बैठक स्थगन गर्दै अहिले हाम्रो मुख्य कार्यभार संविधान जारि गर्नु र जनतालाई सार्वभौमसत्ता सम्पन्न जनता बनाउनु , सुशासनको जग बसाउनु छ, भनि १ घण्टा बैठक बसि फेरि संबिधान निर्माणमा केन्द्रित भएको कुरा बिर्सन सकिँदैन ।
सम्माननीय प्रधानमन्त्रीलाई ‘बा’ भन्नुको रहस्य के छ ? आज बाबाको मुख हेर्ने औशिको दिन । घर घरमा बाबालाई मिष्ठान्न भोजनका साथ मुख हेर्ने चलन छ । २०७३ साल भाद्र १६ गते बाबाको मुख हेर्ने औशिकै दिन मेरो बाबू शुशिलले मलाई मैतिदेवीबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु बिरामी भएर विदेश उपचारको लागि जानू भएको बेला गुहेश्वरीमा बहिनी अन्जनसँकग रहनु भएका पिताजि मोहन ओली ज्यु कहाँ लगिदिएका थिए । त्यहि दिन बागलुङ बाबाको मुख हेर्ने भनी हिडेको दिन थियो । त्यहि नै मेरो बाबू सुशीलसँगको अन्तिम भौतिक यात्रा थियो । म केपी बालाई नै सम्झेर बुवा कहाँ पुगेकि थिए बिहानैको समयमा ।
८ बर्ष यता जति पटक मैले औपचारिक अनौपचारिक रुपमा भेटे यति बेला २०७७ को सुर्य ग्रहणको दिन अलिबेर बस्ने गरि भेटे जहिले उहाँको आँखामा कुशल अबिभावकत्व देखिन्छ । म कति पटक भेटे साथी लगेर गए खुशि हुँदा नि गए दुखि हुँदानि गए । दशैमा टीका लगाउदानि गए । जन्मदिन मनाउँदा पनि गए, आजसम्म मैले सम्झने हो भने उहाँबाट कहिल्यै मन दुखाएकि छैन ।
भुकम्पले हल्लाईरहेको थियो । बैषाख १२ गते भुकम्प आयो १३ गते बिहानै पुगे । यहि आउनु पर्छ । नाति नातिना ल्याएर भन्नू भयो । हामी सबै यहि कोठामा बसियो भनेर देखाउनु भयो । बालकोटका प्रत्येक भित्ता पनि माँया लाग्छ । प्रत्येक कोठामा कहिल्यै प्रवेश रोकिएन । बिरामि हुँदा पनि सिरक भित्रबाट मुख खोलेर आड्स र ढाडस दिनुभयो । स्नेह र ममता दिनु भयो । केपी बा भन्दा ज्यादै आनन्द आउँछ ।
एकदिन केन्द्रीय कार्यालयमा नै केन्द्रीय कमिटीको बैठकमा एकजना बरिष्ठ नेताले भन्नू भयो । के हो यो पारा बा रे आमा रे पार्टी भित्र पनि यस्तो चल्छ । अधिकांशले भन्नू भयो बा समान ब्यवहार गर्न सक्नु पर्यो नि बा भन्न त भनी गाई गुई पनि चल्यो । सम्मानीय केपी बा ले भन्नू भयो । महिले छोरा छोरी जस्तै माया दिन्छु होला त्यसैले बा भन्छन, त्यसमा पनि म खुशि नै छु । यो जवाफले लाखौं लाख छोराछोरी उत्साहि हुने जबाफ थियो । खुशि भयौ । औपचारिक रुपमा पदिय दायित्वअनुसार भए पनि हृदयको आवाजले बा नै बा भन्छ । सबैको पृय बा सबैका आदरणिय बा सबैका मुटुका ढुकढुकि बा सुखि नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकाक्षा पूरा गर्ने संकल्पलाई हामी पूरा गर्न सकौं । तब मात्र बाबाको मुख हेरेको अर्थ हुनेछ भनी हामी जिल्ला जिल्लामा रहेर सम्झिरहेका छौं । हजुरको मुख यो देशको स्वाभिमान डगमाउन निदनुस भनेर हेरेका छौं ।
स्वाभिमानका सतिसाल अनि स्नेहका सागर जस्ले जति चिन्न सक्छ, जस्ले जति भर्न सक्छ, त्यति नै कहिल्षै नरित्तिने गरि सबैले स्नेहलाई भर्न सकुन । ता कि कुनै काल्पनिकताका भरमा सम्माननीय बा लाई कसैले पनि चोट नदिउन राष्ट्र जनता र स्वाभिमानका खातिर सधै चट्टानि अडान रहि रहोस सहिद नेत्र दहालले भन्नू भए जस्तै आँधि र हुरी नचलेको बेलामा, वातावरण शान्त र स्तब्ध भएको घडिमा, एउटा नरकट पनि, छाति खोलेर ठिङ्ग उभिन सक्छ । आँधि र हुरी चलिरहेको बेलामा, वातावरण गतिशिल र अशान्त भएको घडिमा, पहाडको चुचुरोमाथि आधि र हुरिसंगै पैठेजोरि खेल्दै, एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
बाबा हजुरका सबै घडिहरु त्यस्तै आए हामिले अध्ययन गर्दा बाल्यकालमा ममतामयि माता बिनाको जीवन, यौबन कालमा कठोर यातना १४ बर्षे जेल जीवन, राष्ट्रको अबिभावकिय भुमिका रहँदा बिनासकाी भुकम्प, अहिले कोरोना, बाढी पहिरो, डुवान, त्यति मात्रले भएन सलह किरा समेतको पीडा भोगाईका मुर्छित सपना व्युझाउने स्वाभिमानका सितसाल, देशको सिमानालाई बचाउने स्वाभिमान र दृढ संकल्प पूरा गर्न हामी सानो शरिरको एक अंग बनेर लागेका छौं । हजुरको मुख हेरेका छौं । ईमान्दार र सोझा जनताले हजुरको मुख हेरेका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा भएका सबै समन्वयकर्ताले पनि हजुरको मुख हेर्नू भएको छ । यहि नै बागलुङबाट सम्माननीय प्रधानमन्त्री एवं नेकपाका सर्देय अध्यक्ष केपि शर्मा वलि ज्युलाई सम्मान गर्दे बाबाको मुख हेर्ने दिन सम्मान गर्न चाहन्छु । सुस्वास्थ्य दिर्घायुको कामना गर्दछु ।
प्रतिनिधिसभा सदस्य






