पर्सामा नेपाली सेनासहित १ सय ४७ जनामा कोरोना पुष्टि

पर्सा, ३ भदौ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ४६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालक देखि ७० वर्षका वृद्ध पुरुष रहेका छन् ।

मंगलबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ८ जना, पर्सा जिल्लाका १ सय ३८ जना र सप्तरी जिल्लाका १ जना सहित थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारा जिल्लामा रहेको श्री चण्डी गणका ४ नेपाली सेना रहेका छन । वीरगन्जमा रहेकोे भारतिय महावाणिज्यदुतावासका ४४ बर्षीय १ जना महिला रहेकी छिन् । वयोधा अस्पलाका विभिन्न वार्डमा कार्यरत ३६ जना कर्मचारी समेतमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २ जना, वडा नम्बर ५, १० र १२ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका ९० जना रहेका छन् । निराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ निवासी २० बर्षकी युवती रहेकी छिन् । त्यसैगरी बारा जिल्लाका विभिन्न ठाउँका ४ जना र सप्तरी जिल्ला वडा नम्बर २ निवासी १८ बर्षका युवकमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् ।

काठमाडौँ, १० असोज । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा

काठमाडौँ, ९ असोज । जिल्ला समन्वय समिति काठमाडौंँ र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि शुक्रवार सम्झौता भएको

काठमाडौँ, ९ असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण