विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ८३ हजार नाघ्यो

एजेन्सी, ३ भदौ । कोरोना भाइरस ९कोभिड १९०बाट विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ८३ हजार ४०८ जना पुगेको छ ।

हालसम्म विश्वभरका २ करोड २२ लाख ९४ हजार ३५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५० लाख ३७ हजार १६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ९४३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । अहिलेसम्म अमेरिकामा १ लाख ७५ हजार १९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ४३ हजार १०४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५६ लाख ५५ हजार ७९ पुगेको छ ।

हालसम्म ३० लाख १० हजार ३८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९७४ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा कुल संक्रमित संख्या ३४ लाख ६३ हजार २ सय ३५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १० हजार १९ जनाको ज्यान गएको छ । २५ लाख ५४ हजार १७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।

छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको छ । हालसम्म २० लाख ३६ हजार ७०३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ८९ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ८७२ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ७ ४८ जनामा कोरोना पुष्टि भएको र १३२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ३२ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ४२ हजार ६२८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार २६४ पुगेको छ । हालसम्म ५ लाख ९२ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ५३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ८५ हजार ४६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना