राष्ट्रकवि घिमिरेको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २ भदौ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गर्दै राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाई लिएको बताउनुभयो ।

कवि घिमिरे स्वास प्रश्वास समस्या देखिएपछि उहाँ विगत चार महिनादेखी आफ्नै निवासमा अक्सिजन दिएर घरमा नै उपाचार गरिरहनुभएको थियो ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिनुभएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

काठमाडौँ, ३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको