प्रम ओलीद्वारा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्तः मुलुकले कहिले नभुल्ने भनाई

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । आज साझ ५ः५५ बजे घिमिरेको आफ्नै निवासमा निधन भएको थियो ।

उहाले भन्नुभएको छ, “राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् । शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शाेक सन्तप्त परिवार र आफन्तजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।” 

कवि घिमिरे स्वास प्रश्वास समस्या देखिएपछि उहाँ विगत चार महिनादेखी आफ्नै निवासमा अक्सिजन दिएर घरमा नै उपाचार गरिरहनुभएको थियो ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिनुभएका घिमिरेको मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुर, १५ असोज । महोत्तरीमा जबरजस्ती करणीको आरोपमा एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९

इरुवा, १५ असोज । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन

काठमाडौँ, १५ असोज । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा

काठमाडौँ, १५ असोज । हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले