उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा

काठमाडौँ, २ भदौ । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बुधबार बेलुकाबाट १० गतेसम्मलाई निषेधाज्ञा लागू हुने भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको आज बसेको बैठकले बुधबार साँझबाट १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो । यद्यपी सो निर्णय गृह मन्त्रालयले लागु गर्नुपर्ने हुन्छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा निषेधाज्ञा लागू गर्नुपर्ने प्रावधान रहेको छ । निषेधाज्ञामा अत्यावश्यक सेवामात्र संचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ