काँग्रेसद्वारा बाढी–पहिरोमा उद्वार र राहतका लागि ३० जिल्लामा सहयोग

काठमाडौँ, २ भदौ । नेपाली काँग्रेसले बाढी–पहिरोमा उद्वार र राहतका लागि पहिलो चरणमा ३० जिल्लामा सहयोग गरेको छ ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न स्थानमा बाढी–पहिरोले जनधनको क्षति भएकोमा काँग्रेसले आफ्नो तर्फबाट सहयोग गरेको हो ।

लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा,ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की जिल्लामा नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट ४५ लाख सहयोग स्वरुप १ लाख ५० हजारका दरले रकम दिने निर्णय भएको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ