एजेन्सी, २ भदौ । अमेरिकामा एकैदिन थप ४० हजार २१६ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ११ हजार ६३१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
संक्रमितमध्ये अहिलेसम्म २९ लाख ७० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ६७ हजार ४४७ जनामध्ये १७ हजार २०२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५८३ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार ७१० पुगेको छ ।