मन्त्रिपरिषद्ले गरेका ५ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २ साउन । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

निर्णयहरूः

१. कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न सिसिएमसीलाई निर्देशन दिने । सिसिएमसी बैठकले योजनासहितको प्रतिवेदन ल्याएपछि त्यस विषयमा छलफल गरेर मन्त्रि परिषद्बाट निर्णय लिने,

२. परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, रामकाजी खड्कालाई राजदूतमा सिफारिस गर्ने ।

३. युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने ।

४. प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा पोखराका पत्रकार दुर्गा भण्डारी लाई नियुक्त गर्ने ।

५. बाढी पहिरोमा परी ज्यान गुमाउनेलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सरकारले उपचार गर्ने । घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने ।

नोट : कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)द्वारा सबै उद्धार उडान रद्द गर्न विदेशस्थित दूतावासहरुलाई निर्देशन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा