ज्याकलिनले लिइन् १५ सय मानिसको जिम्मा

काठमाडौँ, १ भदौ । बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् ।

उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा ३ बर्षका लागि लिएकी हुन् । ज्याकलिनले ३ बर्षसम्म गाउँमा रहेका १५ सय बढी मानिसहरुका लागि खानेकुराको व्यवस्था गर्नेछिन् । यो गाउँका मानिसहरु आधारभुत आवश्यकताबाट बन्चित रहेको ज्याकलिनको भनाई छ ।

भारतीय मिडियासँग कुरा गर्दै उनले गाउँका धेरै बच्चाहरु कुपोषणको शिकार भएका छन् । उनले बच्चाहरुका लागि पोषिलो खानाको व्यवस्था गर्ने बताएकी छिन् । यस्तै, उनले गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्नेछिन् । गाउँमा जन्मिएका नयाँ बच्चाहरुलाई के खुवाउने भन्ने बिषयमा उनीहरुका आमाहरु अनविज्ञ रहेको भन्दै ज्याकलिनले उनीहरुका लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् । उनका अनुसार, गाउँमा २० वटा किचेन तयार गरिनेछ । जहाँबाट महिला, बच्चाहरुले पोषिलो खानेकुरा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । आज संविधान

काठमाडौँ, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति

काठमाडौँ, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।