प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल सकियो

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल स्किएको छ  ।

नेकपा सचिवालय बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुगेका थिए । सभापति देउवा नेता रमेश लेखकलाई साथै लिएर बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि सहभागिता थियो । भेटवार्तामा वर्तमान कोरोना सङ्कट र समाधानका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगको पूर्णताका लागि पनि बैठकमा छलफल भएको बैठकमा सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्रका रुपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिँदै आएको बताउनुभएको छ

काठमाडौँ, ५ असोज  । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी, (नेकपा )को आज बस्ने भनिएको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने गरि स्थगित भएको  छ ।

काठमाडौँ, ५ असोज । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनका लागी तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ । आज