यस वर्षको राष्ट्रिय पुरस्कार सुशान्तलाई

एजेन्सी, १ भदौ । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतलाई यस वर्षको राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने भएको छ ।

यद्यपि सम्मानको वास्तविक प्रकृतिको निर्णय भने अझै हुन बाँकी छ । सूचना तथा प्रशारण मन्त्रालयका नजिकका केही स्रोतका अनुसार यसबारे चाँडै निर्णय हुनेछन् ।

मन्त्रालयनिकट स्रोत भन्छन्, “सुशान्तको मृत्युले सम्पूर्ण क्षेत्रलाई हल्लाएको छ । मृत्युपछि जसरी उसले सम्मान पाएको छ, जीवनकालमा अभिनेताका रुपमा उनले गरेको अभिनयले त्यति मान्यता प्राप्त गर्न सकेन । त्यसैले यो असन्तुलनलाई पक्कै सुधार्न जरुरी छ ।”

सरकारले सुशान्तको चलचित्रहरुको छुट्टै महोत्सवको आयोजना गर्ने योजनासमेत बनाइरहेको छ । चलचित्रमा उनको योगदानका लागि राष्ट्रिय पुरस्कार समारोहमा उनलाई विशेष पुरस्कार प्रदान गर्ने योजना पनि बनाइएको खबर बलिउड हंगामाले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काशी रिमाल भनिन्छ आवधिक निर्वाचन प्रजातन्त्रको मुल आधार को । जनताको हातमा नीहित सार्बभौेमसत्ता निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधीहरुलाइ एउटा निश्चित

नरेश्वर ज्ञवाली आधुनिक विश्वमा कोभिड–१९ अर्थात कोरोना भाइरसले महामारीको रुपलिएको आधावर्ष पारगरिसकेको छ । विश्वब्यापी महामारीको रुपलिएको यो भाइरसले संसारका

रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो,

मन कुमारी जिसी (केसी) प्रजातन्त्रद्वारा महिला बिषयमा डेनमार्कको भ्रमण गरेको पनि २० वर्ष भयो । २०५७ साल भाद्र १० गते