पर्सामा मेयर, चिकित्सकसहित थप ९२ जनामा कोरोना पुष्टि

वीरगञ्ज, १ भदौ । पर्सामा मेयर, चिकित्सक र पत्रकारसहित पर्सामा थप ९२ जनामा कोरोना पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, चिकित्सक र पत्रकार सहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साउन २६ गते वीरगन्ज– ११ श्रीपुरमा गरिएको स्वाब संकलनमा ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलनमा २७ जनामा कोरोना पुष्टि भएको हो ।

साउन २६ गते पोखरिया नगरपालिकाका मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षण गर्न पठाइएको कोरोना रिपोर्ट आइतबार साँझ ३३ जनाको पोजिटिभ आएको छ । कोरोना संक्रमीत हुनेमा मेयर दिप नारायण रौनियार, वडा नं। ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै मेयर रौनियारका परिवारका सबै सदस्यसहित स्वकिय सचिव राजु रौनियार र गाडीका चालक पनि कोरोना संक्रमित भएका छन् । मेयर रौनियारलाई ज्वारो र खोकी लागेपछि उनी आफूसहित आफ्नो परिवारको सबै जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गराएका थिए ।

७ दिनपछि प्राप्त रिपोर्ट सबै जनाको कोरोना पोजिटिभ आएपनि मेयर रौनियारको ज्वारो र खोकी निको भइसकेको छ । स्वाब दिएको दिनदेखी उनी आफ्नो सम्पूर्ण परिवारसहित होम आइसोलेसनमा बस्दै आएका थिए ।

यस्तै वीरगञ्ज महानगरपालिकाका ३८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो । सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ साउन २६ मा स्वाब संकलन गरिएको थियो । साउनमा मात्र जिल्लामा १ हजार १२०० जना भन्दा बढि कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, २ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९

काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्र सुधारका लागि उठाइएका माग

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि