कोभिड–१९ फैलनबाट रोक्न आयोगको आग्रह

काठमाडौँ, ३२ साउन । राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न, आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन सरकार तथा सबै स्थानीय तहलाई आग्रह गरेको छ । 

आयोगमा प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा देशमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गरिएको छ । 
    
आयोगले उक्त विषयमा सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।  “आफ्नो इलाकाभित्रका कोभिड–१९ बाट सङ्क्रमित भएका व्यक्तिको सूचना जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको कारण आफ्नो क्षेत्रभित्र कहाँ र के कति सङ्ख्यामा सङ्क्रमित रहेका छन्, परिवार तथा समुदायको संरक्षणको लागि के कस्तो पहल गर्नुपर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो कतिपय स्थानीय तहबाट प्राप्त हुन आएको छ ”–विज्ञप्तिमा भनिएको छ ।
    
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन सङ्क्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौंँलगायत अन्य ठूला शहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिमा सङ्क्रमण देखियो सो समेत स्पष्ट गर्दा स्थानीय तहलाई थप सजगता अपनाउन मद्दत मिल्ने देखिएको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव

काठमाडौँ, ५ असोज । करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ

काठमाडौँ, ४ असोज । नीजि क्षेत्रको बुद्ध एयरले भोलीबाटै सबै गन्तव्यका लागि टिकट लिएका यात्रु बोकेर नियमित उडान सुरु गर्ने भएको